विङगर चढेर ओर्लने बित्तिक्कै १५० खुत्रुक्कै « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

विङगर चढेर ओर्लने बित्तिक्कै १५० खुत्रुक्कै

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार २०:४५


सिध्दिचरण राजमार्गअन्तर्गत मिर्चैया–कटारी सडक खण्डका सवारीहरुले सर्वसाधारणबाट चर्को भाडा उठाउने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।

सो रुटमा सञ्चालित विङगर जीपका यात्रुले मिर्चैयादेखि कटारीसम्म जुनसुकै ठाउँमा यात्रा गर्दा पनि एक सय ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । कटारीदेखि मिर्चैयासम्मको दूरी २६ किलोमिटर रहेको छ ।

उनीहरुले भनेबमोजिम भाडा नदिए जंगलमैं उतार्ने धम्कि दिएको पीडित कटारी-१ का रामबहादुर मगरले बताए । विङगर मालिकले दूरीअनुसारको भाडा दरलाई स्वीकार गरेका छैनन् । उनीहरुले चुरिया क्षेत्रको खराब बाटोको कारण देखाउँदै मनपर्दी भाडा असुलेका हुन् ।

सो रुटमा ३ वटा विङगर सञ्चालित छन् भने उनीहरुले गाडी चढेर २६ किलोमिटरभित्र जहाँसुकै ओर्ले पनि यो भाडा लिने गरेका हुन् । यसले गर्दा नजिकैको दूरीमा यात्रा गर्नेहरु विशेषरुपमा पीडित भएको गुनासो सर्वसाधारणले गरेका छन् ।

तर अहिलेसम्म नियामक निकायले यसबारे कुनै चासो र ध्यान नदिएको पीडितहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !