पर्खालसहित लड्दा एकको मृत्यु, एक जना घाइते
प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १८:४०

घरको सिँढीको पर्खाल बनाउने क्रममा एक जना मिस्त्रीको मृत्यु हुनुको साथै एक जना घाइते भएका छन् । मृत्यु हुनेमा इनरुवा नगरपालिका १० जल्पापुरका ३७ वर्षीय ईशादिल अन्सारी रहेका छन् ।
उनको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी घाइते हुनेमा देवानगञ्ज गाउँपालिका ३ का २४ वर्षीय मोहमद सतार अन्सारी रहेका छन् । उनीहरु दुबै सुनकोशी गाउँपालिका ५ कुम्याइका मलसुहुदिन मियाँको निर्माणाधीन भवन बनाउने काममा खटिएका थिए ।
सोही क्रममा दोस्रो तलाको सिढीको पर्खालको जोडाइ गर्दागर्दै पर्खालसहित लडेका थिए । आज दिउँसो भएको सो घटनामा घाइते सतार अन्सारीको भने जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताउनु भयो ।
घटनास्थलमा गएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।