भारतबाट आउनेसँग नक्कली नेपाली नोटकाे मुठाे

भारतबाट आउनेसँग नक्कली नेपाली नोटकाे मुठाे

भारतबाट नेपालतर्फ पैदल आइरहेका तीन नेपाली नक्कली नोटसहित सीमाबाट समातिएका छन् । रौतहटको ईशनाथ नगरपालिका ४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार नक्कली नोटसहित आइतबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषाको बट्टेश्वर-४ का ३८ वर्षीय शत्रुघन वरई ठाकुर,महोत्तरीको बर्दिवास-९ बन्द्रा पशुपतिनगरका ३० वर्षीय रन्जित महतो र महोत्तरीकै भङ्गाह-४ प्रेमनगरका २५ वर्षीय दिपेन्द्रकुमार महतो रहेका छन् ।भारतबाट आउँदै गरेका उनीहरुलाई मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।

यससम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

टिप्पणीहरू