कुन कुन सचिव कता कता पुगे ?

कुन कुन सचिव कता कता पुगे ?

सरकारले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ भने दुई सचिवलाई पदस्थापन गरेको छ । सरुवा भएका सचिवमा महेश्वर न्यौपाने,टेकनारायण पाण्डे,बेगेन्द्र शर्मा पौड्याल र बैकुण्ठ अर्याल छन् ।

१९ महिनासम्म गृहमा रहेका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहँ टेकनारायण पाण्डेलाई लगिएको छ । पाण्डे भूमिसुधार मन्त्रालयमा थिए । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको जोडबलमा उनलाई गृहमा लगिएको हो । उनी गृहका क्याडर होइन ।

यस्तै सचिव भएको ५४ महिनासम्म कुनै मन्त्रालयको जिम्मेवारी नपाएका बेगेन्द्र शर्माले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । ६ महिनापछि ५८ बर्षे उमेर हद लागेर घर जाँदैछन् ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ । हालै सचिवमा बढुवा भएका किरणराज शर्मा बाग्मती प्रदेशको प्रमुख सचिवका रुपमा पदस्थापन भएका छन् भने कृष्णहरि पुष्करलाई लुम्बिनी प्रदेशमा खटाइएको छ ।

यस्तै क्याबिनेटले कृषि सेवाबाट गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ ।

टिप्पणीहरू