कोरोनाबाट २४ घण्टामा २२ जनाको मृत्यु

कोरोनाबाट २४ घण्टामा २२ जनाको मृत्यु

कोरोना संक्रमणबाट गत २४ घण्टामा २२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

२४ घण्टाको अवधिमा ३ हजार ६५१ जनामा कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयका अनुसार १० हजार ४४५ जनामा पीसीआर तथा ६ हजार १४९ एन्टिजेन गरी १६ हजार ५९४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् भने हाल मुलुकभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू