काठमाडौँमा धमाधम दोस्रो खोप,जेष्ठ नागरिक दंग

काठमाडौँमा धमाधम दोस्रो खोप,जेष्ठ नागरिक दंग

काठमाडौंमा आज बिहानदेखि ६५ वर्ष उमेर माथिका नागरिकलाई कोरोना भाइरसविरुद्ध कोभिशिल्डको दोस्रो मात्रा लगाउन थालिएको छ । आजबाट सरकारले कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेको हो ।

स्वास्थ्य सेवा विभाग,परिवार कल्याण महाशाखाअन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट प्राप्त खोप ज्येष्ठ नागरिकहरुलाई लगाइएको बताएको छ । कोरोनाविरुद्धको खोप लगाउन खोपकेन्द्र पुग्नुभएकी समाजसेवी तथा पन्चायतकालिन मन्त्री भद्राकुमारी घलेले सरकारले बोलाई–बोलाई कोरोनाविरुद्धको खोप लगाउने अवसर प्रदान गरेकोमा आशिर्वाद दिनुपर्ने बताउनुभएको छ ।

‘हामी अशक्त बूढाबूढीलाई बोलाईबोलाई लाउन आइज भनेको छ,यस्तो सरकार आयो भने आशिर्वाद दिनुपर्छ,वास्तै गर्दैन भने के गर्नु ?’

उहाँले भन्नुभयो, ‘हामी अशक्त बूढाबूढीलाई बोलाईबोलाई लाउन आइज भनेको छ,यस्तो सरकार आयो भने आशिर्वाद दिनुपर्छ,वास्तै गर्दैन भने के गर्नु ?’ त्यसैगरी कोरोनाविरुद्धको खोप लगाउन पुग्नुभएका हरिकृष्ण पन्तले पनि वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिने व्यवस्था एकदमै राम्रो भएको बताउँदै ढिलै भए पनि दोस्रो मात्राको खोप लगाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘असाध्यै राम्रो लाग्यो । ६५ वर्षभन्दा माथिकालाई खोप लगाउने व्यवस्था असाध्यै राम्रो छ, ढिलै भए पनि दोस्रो खोप लगाएकोमा सरकारलाई धेरै धेरै धन्यवाद ।’ काठमाडौं जिल्लाका १ सय ४४ खोप केन्द्रमार्फत् कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा आज र भोलि लगाउने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू