क्याम्पस प्रशासनसमक्ष जायज माग राख्दा प्रहरी दमन ?

क्याम्पस प्रशासनसमक्ष जायज माग राख्दा प्रहरी दमन ?

कोरोना महामारीको समयमा भएको शैक्षिक लापरबाहीको विषयलाई लिएर क्याम्पस प्रशासनसमक्ष जायज माग राख्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले निन्दा र भर्त्सना गरेको छ ।

त्रिभुवन विश्व विद्यालयअन्तर्गतका निजी इन्जिनियरिगङ कलेजहरु एडभान्स,सगरमाथा,हिमालयन, केइसी कालिमाटीले महामारीको समयमा चर्को शुल्क असुलेको भन्दै आफ्ना माग राख्दा प्रहरीले दमन गरेको बताइएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थीसँग जोडिएका जायज मुद्दाहरुको बेवास्ता गर्दै लुट मच्चाउने नाफाखोरीहरुलाई खबरदारी गराएको भनेको छ । युनियनले विद्यार्थीका माग पूरा गर्न अनुरोध गर्दै माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

टिप्पणीहरू