मध्यवानेश्वरमा जुवाको खालबाट साढे ४ लाख नगद

मध्यवानेश्वरमा जुवाको खालबाट साढे ४ लाख नगद

काठमाडौंको मध्यवानेश्वरमा लाखौं रुपैयाँ हारजित हुने गरी जुवा खेलिरहेका ६ जना पक्राउ पर्दा ४ लाख ४८ हजार रुपैयाँ समेत बरामद भएको छ । उनीहरु स्थानीय रामकृष्ण केसीको घरको भुईं तल्लामा जुवा खेलिरहेको अवस्थामा हिजो राती प्रहरी पुगेको थियो ।

महानगरीय प्रहरी वृत्त,वानेश्वरका नायव उपरीक्षक मिमबहादुर लामाको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरु जुवाको खालमा समातिएका हुन् ।
तिनलाई अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू