एमसीसीको बिरोध गर्ने तारा बरालहरु झलनाथमाथि खनिए, ‘सर्प पालनमा अनियमितता भयो’

एमसीसीको बिरोध गर्ने तारा बरालहरु झलनाथमाथि खनिए, ‘सर्प पालनमा अनियमितता भयो’

तारा बराललगायतका अभियन्ताहरुले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एमसीसीको पक्षमा रहेका दल, एमसीसीमा हस्ताक्षर गर्ने पदाधिकारी तथा एमसीसीसँग प्रत्यक्ष जोडिएका व्यक्ति,संस्थाको सम्पत्ति छानबिननिम्ति माग गरेका छन् ।

उनीहरुले एमसीसीसँगै सम्पत्ति छानबिन गर्न उठाएको सन्दर्भमा सर्लाहीको लालबन्दीमा सर्प पालनको लागि भएको पहलबारे समेत प्रश्न उठाएका हुन् ।अख्तियारको दर्ता चलानी फाँटमा दर्ता गरिएको उजुरीमा लेखिएको छ, ‘झलनाथ खनाल फाउण्डेसनलाई लालबन्दी नगरपालिकाले सर्प पाल्न भनेर सरकारी बजेट छुट्याई रकम हिनामिना गरेको पाइएकाले आवश्यक छानबिन र कारबाही गरियोस् ।’

टिप्पणीहरू