हज्जारौं महिला किन हराउँछन् ?

हज्जारौं महिला किन हराउँछन् ?

हिजोआज दिनहुँजसो महिलाहरु हराएको खबर सार्वजनिक हुने गरेका छन् । बालिका,युवती र अधबैँशे महिलाहरु हराएका समाचार सबैजसो सञ्चारमाध्यममा आउँछन् । तर महिलाहरु हराउनुको मुख्य कारण चाहिँ बेचबिखन वा अन्य के होला ?

नेपालबाट हराएका अधिकांश महिलालाई मानव तस्करहरुले सोझै भारत पुर्याउने गरेको देखिन्छ । अधिकांशलाई बेश्यावृत्तिमा लगाउने गरिएको पनि पाइएको छ । राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारेर महिलालाई खुल्ला सीमानाको फाइदा उठाउँदै अवैधरुपमा विदेश पठाउने दलाली कार्यमा महिलासमेत संलग्न भएको धेरै वटा घटना बाहिरिएका छन् ।

उनीहरुले महिलाले महिलाको विश्वास गर्ने भएकाले आफूहरु गाउँ गाउँमा सक्रिय भई सोझा महिलाहरुलाई फकाएर खुल्ला सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक पुर्याउने कुरो स्वीकारेका समेत छन् । यसरी भारत लैजाँदै गरेका महिलाहरुमध्ये प्रहरीको टोलीले कतिलाई नाकाबाटै उध्दार गरेर फर्काउने गरेको छ । तर त्योभन्दा धेरैलाई विभिन्न बहानामा भारत लैजान मानव तस्करहरु सफल हुने गरेका छन् ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार ३ सय २२ जना महिला हराएको देखिन्छ । जसमा प्रदेश नं. १ बाट १ हजार ६ सय ४६ र प्रदेश नं २ बाट ४ जना हराएका थिए ।

त्यसैगरी प्रदेश नं ३ बाट ६ सय ८२, गण्डकी प्रदेशबाट ८ सय ५५, लुम्बिनी प्रदेशका ६ सय ६४, कर्णाली प्रदेशका ३ सय ४९ र सुदूर पश्चिमका १ सय ५० जना महिला हराएको सूचना प्रहरीमा दर्ता भएका छन् ।

गत आर्थिक वर्ष काठमाडौं उपत्यकाबाट मात्र ९ सय ७२ जना महिला हराएको अभिलेखमा भेटिएको छ ।

टिप्पणीहरू