सुटुक्क सरुवा

घुस असुल्न सकिने कार्यालयमा आधा दर्जन बढी अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले दरबन्दी नै नभएको अध्यागमन कार्यालय एअरपोर्टमा गत हप्ता मात्र दीपक पौडेल, प्रेम गौतम र वीरबहादुर शाहीलाई पठाएको हो ।

मिलेमतोमा गैरकानुनी तरिकाबाट मानिस उडाउन र अतिरिक्त कमाइ गर्न माहिर वीरबहादुर चौथोपटक एअरपोर्ट गएका हुन् । उनी डेढ वर्षअघि मात्र त्यहाँबाट तानिएका थिए । यो समूहलाई अन्तर्राष्ट्रिय विमानस्थलमा पठाउनुअघि गृहले अधिकृतद्वय रामचन्द्र काफ्ले र काशिराम शर्मालाई सुटुक्क विभागमा पठाएको थियो । यी सबैको सरुवा भर्खरै गरिएको भए पनि मिति भने निर्वाचन आचारसंहिता लाग्नुअघिकै राखिएको छ । यसैगरी, गत हप्ता अधिकृत कुलशेखर शर्मा र खगेन्द्र घिमिरेलाई पनि अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा पठाउने निर्णय भएको छ ।

अध्यागमन विमानस्थल कार्यालयमा यसअघि नै दरबन्दीभन्दा धेरै उपसचिव, अधिकृत र नायबसुब्बा थुपारिएको छ । हाल दुई सिफ्ट काम हुने सो कार्यालयमा उपसचिव जम्मा ४ जना भए पुग्नेमा ८ जना छन् । तीन सिफ्टको कार्यतालिका बनाएर ६ जनाको दरबन्दी राखिएको भए पनि दुई सिफ्टमै ८ जना उपसचिव पु¥याइएका छन् । हाल त्यहाँ वेदनिधि खनाल, दीपकराज नेपाल, विश्वप्रकाश न्यौपाने, डिल्लीराज पोखरेल, एकदेव अधिकारी, पुष्पराज शाही, चेतराज बराल र हीरालाल चौधरी जिम्मेवारीविहीन ढंगले खटाइएका छन् । चेतराज र पुष्पराज जिल्ला प्रशासन कार्यालयबाट सरुवा भई मन्त्रालयमै दरबन्दी रहने गरी आएको डेढ महिना नबित्दै पहँुच प्रयोग गरी विमानस्थल गएका हुन् ।

दुई सिफ्टका लागि जम्मा ३ जना नासु भए पुग्नेमा ८ जना राखिएको छ । यसैगरी, जम्मा ८६ जना अधिकृतको दरबन्दी भए पनि सयजति पु¥याइएको छ । सबै तहका कर्मचारी आवश्यकताभन्दा बढी लगेर थुपारिएको भए पनि यिनलाई जिम्मेवारी दिने, अनुगमन गर्ने कार्यालय प्रमुख भने लामो समयदेखि रिक्त छ ।

टिप्पणीहरू