अमेरिकी हरिणमा पनि कोरोना देखियो

अमेरिकी हरिणमा पनि कोरोना देखियो

अमेरिकामा सेतोपुच्छर भएका हरिणमा कोभिड १९ को प्रतिरक्षा प्रणाली अर्थात् एण्टीबडी फेला परेको छ । एक अमेरिकी संघीय सर्वेक्षणमा देखाइएअनुसार एक तिहाई सेतोपुच्छर भएका हरिणमा कोभिड १९ को एण्टीबडी भेटिएको हो ।

कसरी र कहिले कोरोना भाइरसको संक्रमण ती प्राणीहरुमा पुग्यो भन्ने विषय रहस्यमय छ । यी सबै उत्पत्तिबारे विस्तृत अध्ययन गर्नुपर्ने आवश्यकता रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू