डक्टर बन्ने उत्कृष्ट विद्यार्थीलाई भोलि सम्मान गरिँदै
प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १५:४५

एमबीबीएस प्रवेश परीक्षामा पहिलो भएका आशिष झालाई भोलि सम्मान गरिने भएको छ ।
झाले एमबीबीएस प्रवेश परीक्षामा सबैभन्दा उत्कृष्ट ठहरिएका मेधावी छात्र आशिष झालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा अनेरास्ववियुले सम्मान गर्न लागेको हो ।झण्डै ११ हजार परीक्षार्थीलाई पछि पारेर झा एमबीबीएस प्रवेश परीक्षामा टपर बनेका हुन् । कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका झाले उक्त परीक्षामा सबैभन्दा बढी नम्बर ल्याएका थिए ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजना हुने उक्त कार्यक्रम मंगलबार दिउँसो साढे २ बजे हुने जनाइएको छ ।