लुम्बिनीका दलबदलु ३ मन्त्रीको आजै “भाग्य” परीक्षण

लुम्बिनीका दलबदलु ३ मन्त्रीको आजै “भाग्य” परीक्षण

पार्टीको निर्देशन विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकारमा मन्त्री बनेर दालतको आदेशबाट पद जोगाउँदै आएका लुम्बिनी प्रदेशका जसपाका तीन साँसदको पदबारे आज टुंगो लाग्ने भएको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डे, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले जसपा र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाई रिट हालेका थिए । उक्त रिटउपर न्यायाधीश ईश्वरप्रसाद खतिवडाको ५ नं इजलासमा अहिले सुनुवाइ भैरहेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति र लुम्बिनी प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको थियो । यसअघि पनि उनीहरुलाई अदालतले पदबहाली गरिदिएको थियो ।

पार्टीको ह्वीप उल्लङ्घन गर्दै एमाले सरकारमा मन्त्री बनेर अदालतको आदेशबाट जोगिँदै आएका उनीहरुको मुध्दा कहिले न्यायाधीश आनन्दमोहन भट्टराई त कहिले कसको हुँदै आज ईश्वर खतिवडाको इजलासमा परेको हो ।

टिप्पणीहरू