घर जाने र अफिस छिर्ने सेनापतिबीच बरबुझारथ

घर जाने र अफिस छिर्ने सेनापतिबीच बरबुझारथ

भदौ २५ देखि भूपू हुने प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट एक महिने बिदामा बस्दै हुनुहुन्छ । उहाँको ठाउँमा कायममुकायम सेनापतिको रुपमा प्रभुराम शर्मालाई सरकारले जिम्मेवारी तोकिसकेको छ ।

नेपाली सेनाको प्रचलन र व्यवस्थाअनुसार उहाँहरुबीच महत्वपूर्ण जिम्मेवारीको बरबुझारथ शुरु भएको छ । सोही क्रममा आज दुबै जनाको तर्फबाट सेनाको सुरक्षामा रहेको बसन्तपुरको हनुमानढोका संग्रहालय तथा अन्य महत्वपूर्ण इकाइ,स्वयम्भू नजिकैको छाउनी संग्रहालयमा पुगेर जिम्मेवारी बुझाउने र बुझ्ने काम भएको छ ।

सेनाको मुख्यालयभित्रका महत्वपूर्ण जिम्मेवारी हिजो आइतबारका दिन दिने र लिने काम सम्पन्न भएको स्रोतले बताएको छ ।

थापा आजदेखि बिदामा बस्ने कारण प्रधानसेनापतिको सरकारी निवास ललितपुरको झम्सिखेलस्थित शशि भवनबाट भने भदौ २० गते मात्र आफ्नो निजी निवास बूढानीलकण्ठ सर्नुहुनेछ । त्यतिञ्जेल उहाँ पाटनमै रहने बताइएको छ ।

नयाँ सेनापति शर्माले भने भदौ २५ गते राष्ट्रपतिबाट पदभार ग्रहण गरेपछि मात्र सरकारी आवास प्रयोग गर्ने कार्यक्रम रहेको सैन्य स्रोतले बताएको छ ।

टिप्पणीहरू