काठमाडौं महानगरमा पनि भोलि र पर्सि कोभिशिल्ड खोप, ३८ स्थानमा खोपकेन्द्र

काठमाडौं महानगरमा पनि भोलि र पर्सि कोभिशिल्ड खोप, ३८ स्थानमा खोपकेन्द्र

काठमाडौं महानगरपालिकाभित्र पनि भोलिदेखि पाँच महिनाअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका वृद्धवृद्धालाई दोस्रो मात्र लगाइने भएको छ । जापान र भुटानबाट अष्ट्राजेनेकिका खोप प्राप्त भएपछि भोलिदेखि दोस्रो मात्राको खोप लगाउने कार्यक्रम तय भएको हो ।

महानगरपालिकाले आज प्रकाशित गरेको सूचनाअनुसार भोलि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म ३२ वटै वडामा रहेका खोप केन्द्र र थप ६ वटा खोप केन्द्रमा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष उमेर माथिका वृद्धवृद्धालाई अष्ट्राजेनिकाको खोप लगाउन लागिएको हो ।थप गरिएका खोप केन्द्रहरुमा राधास्वामी आइसोलेसन सेन्टर, सामाखुशी, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र थापाथलीको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल रहेको बताइएको छ ।

महानगरपालिकाले पहिलो मात्राको खोप लगाएको कार्ड र उमेरसहितको परिचय खुल्ने कागज बोकेर ल्याउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू