भीरबाट लडेर एक मजदुरको मृत्यु

भीरबाट लडेर एक मजदुरको मृत्यु

संखुवासभा मकालु गाउँपालिका ३ मा रहेको नयाँ बस्ती भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका २ घर भई हाल सोही स्थानमा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाइड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्गबहादुर गुरुङ रहेका छन् ।

शनिवर दिउँसो हेदाङना बजार भरेर बेलुका फर्कने क्रममा उनी भीरबाट लडेका हुन् । उनी बाटो भन्दा अन्दाजी ६०/७० मीटर तल झरेर मृत अवस्थामा फेला परेका थिए । मृतक गुरुङको शव आज बिहान ११ बजे फेला परेको हो ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू