उदयपुरमा कोभिड व्यवस्थापनको लागि नयाँ नियम

उदयपुरमा कोभिड व्यवस्थापनको लागि नयाँ नियम

कोभिड १९ को संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामकोे लागि उदयपुरमा परिमार्जनसहितको स्मार्ट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यो निर्णय साउन २४ गते रातीदेखि ३२ गतेसम्म लागू हुनेछ ।

नयाँ निषेधाज्ञामा सार्वजनिक खेलकुद, नाच, भेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार तथा भीडभाड हुने कार्यक्रमको आयोजना गर्न रोक लगाइएको छ भने विवाह, व्रतबन्ध र पूजा पाठमा पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ ।

त्यसैगरी सभा, गोष्ठी, तालीम र जुलुश वा प्रदर्शनहरुका पनि पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ । त्यसैगरी ट्यूसन सेन्टरलगायत सम्पूर्ण शैक्षिक संस्थामा भौतिक रुपमा भेला भई वा गराइए सिकाइको गतिविधि सञ्चालन गर्न नपाइने भएको छ ।

त्यसैगरी शारिरीक तन्दुरुस्तीका लागि खोलिएका फिटनेस सेन्टर, जिमखाना, स्वीमिङ पुललगायत सैलुन, व्युटिपार्लर र सिनेमा हल पनि बन्द गरिएको छ ।सार्वजनिक यातायातको साधन चल्न दिए पनि सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने, यात्रु तथा चालकदलका सबैले स्वास्थ्य र सुरक्षित हुने मापदण्ड अपनाउनु पर्ने भएको छ ।

अन्य व्यापार व्यवसाय भने विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ । दुधजन्य, तरकारी र मासुजन्य पसलहरु भने विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म १२ घण्टा खोल्न पाइने भएको छ ।

त्यसैगरी सरकारी तथा गैरसरकारी कार्यलय र बैंक तथा वित्तिय संस्थाहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्र्दै खोल्न पाइने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति उदयपुरको आज बसेको बैठकले यो निर्णय गरेको हो ।

टिप्पणीहरू