खालि चेक भिडाएर भागेका चिरायु भेटिए

खालि चेक भिडाएर भागेका चिरायु भेटिए

आफ्नो खातामा पर्याप्त पैसा नभएको जान्दाजान्दै चेक दिएर ठग्ने पाँचथरका चिरायु खालिङ समातिएका छन् । पैसा नभएको चेक दिएर बेपत्ता भएका खालिङलाई प्रहरीले हिजो समातेको हो ।

पाँचथरको मिक्लाजुङ् गाउँपालिका–५ घर भई टोखा नगरपालिका–१० गोंगबु बस्ने ४२ वर्षीय खालिङलाई उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७७ फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

अदालतको फैसलामा खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी पीडितलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक दिएर खालिङले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरिएको छ ।

त्यसयता फरार रहेका खालिङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले महालक्ष्मीथानबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू