चिनियाँ मोबाइलसहित दुई भारतीय पक्राउ

चिनियाँ मोबाइलसहित दुई भारतीय पक्राउ

कर छलेर ल्याएको इलेक्ट्रोनिक्स तथा फेन्सी सामग्रीसहित दुई भारतीय व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामानसहित नियन्त्रणमा लिइएका व्यापारीहरु भारत बिहार सीतामढीका ३५ वर्षीय रामेश्वर सहनी र ३२ वर्षीय रमेश सहनी हुन् ।

आज दिउँसो २ बजेतिर लालपत्ता चेकपोस्टले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई सिरहाबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४४१ नम्बरको विङगरलाई चेक जाँच गर्ने क्रममा समातिएका हुन् ।

आरोपित दुवैले भ्याट बिल नभएको चाईनिज मोबाईल- ४३ थान,उफर – ६ थान, कुर्ता सुर्वाल- ४७ थान, लेडिज ब्याग – २१ थान, लेडिज पर्स – ९ थान गरी अन्दाजी मूल्य रुपैया-९९,२३७।-(उनान्सय हजार दुई सय सैतिस ) बराबरको सामान ल्याएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवैलाई आजै आवश्यक कारवाहीको लागि कर कार्यालय उदयपुरमा बुझाइएको प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनु भएको छ ।

टिप्पणीहरू