छिः छोरीलाई समेत नछाड्नेहरू

छिः छोरीलाई समेत नछाड्नेहरू

प्रेममा मात्र होइन, कैयौं मान्छेहरू यौनमासमेत अन्धै हुने ! त्यसैले त बच्चीदेखि बूढीसम्मलाई जबरजस्ती करणी गर्न पुग्छन् । आफ्नो श्रीमान् / श्रीमती भईभई परपुरुष / परस्त्रीसँग यौनसम्बन्धमा भुल्छन् त कोही आफ्नै हाडनाताबीच रासलीलामा रम्छन् । यहाँ छोरीलाई समेत बलात्कार गर्ने चितवनका केहीको चर्चा गरिँदैछ ।

इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिएअनुसार आफ्नै १२ वर्षकी छोरीलाई राप्ती नगरपालिका–६ बस्ने ४१ वर्षीय राजु परियारले गत चैत्र १६ गते घरमै बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको छ । ३५ वर्षीय जीतेन्द्र चौधरीले कान्छी श्रीमतीको पहिलेका श्रीमान्तर्फको छोरी वर्ष १२ की लाई वैशाख १६ गते खैरहनी नगरपालिका–५, डेराकोठामा बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर–५, नारायणपुर बस्ने सरोज तामाङले आफ्नै झट्केली छोरी ९ वर्षीयालाई चैत ९ गते बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको छ । भरतपुर–५ बस्ने ९ वर्षीया बालिकालाई झड्केलो बाबु ४० वर्षीय रविन सुनारले फागुन ९ गते बलात्कार गरेको भनी पीडितकी ठूलीआमाले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुर दिएकी छन् ।

यो गत पुसदेखि असारसम्मको मात्र प्रहरीमा उजुरी परेको घटना भएको इन्सेकले जनाएको छ । यसभन्दा अघिपछि र प्रहरीसम्म आउन नपाएका यस्ता कति घटना होलान् ! देशकै अवस्था झन् कति भयावह होला ! कठै विचरी बच्चीहरू ! छिः छोरीलाई समेत नछाड्ने अधर्मीहरू त बाँच्नु भन्दा मरेकै बेस !

– अजय गोर्खाली

टिप्पणीहरू