टाउको मै किन ?

सप्तरीमा चलेको गोलीले गृहमन्त्रीलाई समेत अचम्भित बनाएको रहेछ । किनभने उहाँको आदेश घुँडाभन्दा मुनि मात्रै हान्ने भन्ने थियो । तर गोली जम्मै छातीभन्दा माथि हानिएको छ । कसरी यस्तो हुन गयो ?  हुन त यसको छानबिन पनि हुने भनिएको छ ।

तर, रिपोर्ट के आउँछ त्यो हामीलाई अहिल्यै थाहा नभएको होइन । घुँडाभन्दा मुनि हान्नुपर्ने गोली छातीभन्दा माथि जो दागिन पुग्यो, त्यसको कारणचाहिँ मलाई के लाग्छ भने, यो पक्कै तालिमको अभाव हुनुपर्छ । प्रहरीलाई तालिम पुगेको छैन । निशाना ताक्ने तालिमको अभाव छ । त्यही भएर घुँडामा हानेको गोली तीन तीन फिटमाथि पुगिरहेको छ । यो अत्यन्तै विचारणीय पक्ष छ ।

तीन फिट निशाना चुक्नु भनेको सानो कुरा होइन । अब यसमा बिचरा प्रहरीको के दोष ? हानेको त घुँडामै हो । निशाना चुक्यो त के गर्नु ? घुँडामा हान्ने तालिम दिनुप¥यो नि † तालिमै नपुगेपछि के गर्नु ? फेरि अर्को कुरा, घुँडामै हाने पनि समस्या त फेरि अर्को छ । त्यो के भने घुँडा त दुइटा हुन्छ । कुनमा हान्ने ? दायाँमा हाने बायाँ किन नहानेको भनेर हप्काउने डर । बाँयामा हाने दायाँ किने नहानेको भनेर हप्काउने त्रास । टाउको एउटै हुन्छ । त्यसमा डर छैन । सजिलो पनि छ । त्यही भएर पनि हो कि ?   

टिप्पणीहरू