सकियो टोकियो ओलम्पिक, ३९ स्वर्णसहित १ सय १३ पदक जितेर अमेरिका अगाडि

सकियो टोकियो ओलम्पिक, ३९ स्वर्णसहित १ सय १३ पदक जितेर अमेरिका अगाडि

साउन ८ गतेदेखि जापानको राजधानी टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिक आज सम्पन्न भएको छ । २ सय ५ देशका ११ हजारभन्दा बढी खेलाडी सहभागी रहेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा ३ सय ३९ स्वर्ण पदकका लागि भएका ३३ खेलमा ३९ स्वर्णसहित अमेरिका पहिलो स्थानमा रहेको हो ।

अन्तिम दिनसम्म आइपुग्दा ओलम्पिकको साविक विजेता मानिएको चीनले भन्दा अमेरिका एक स्वर्णले अगाडि रहेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कूल ८८ पदक जित्दा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र १३ कास्य गरी कूल १ सय ३३ पदक हात पारेको छ ।त्यस्तै,स्वर्ण पदकको आधारमा तेस्रो स्थानमा रहेको आयोजक राष्ट्र जापान कूल पदक संख्याको आधारमा भने रुस र बेलायतभन्दा पछि परेको छ । कूल पदकको आधारमा तेस्रो स्थानमा रहेको रुस चौथो स्थानमा रहेको बेलायतभन्दा एक स्थान तल पाँचौ स्थानमा रहेको छ ।

भारतले पहिलो पटक एउटा ऐतिहासिक स्वर्ण जित्दा नेपाल भने सँधैझैँ पदकविहीन भएर घर फर्केको छ ।

टिप्पणीहरू