भूमि आयोग खारेजीको उजुरमा भोलीदेखि सुनुवाइ « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

भूमि आयोग खारेजीको उजुरमा भोलीदेखि सुनुवाइ

प्रकाशित मिति :  २४ श्रावण २०७८, आईतवार १८:४५


ओली सरकारले ७७ जिल्लामै गरेको भूमि आयोग गठन देउवा सरकारले खारेज गरेसँगै सो आयोगका अध्यक्ष देवी ज्ञवाली अदालतको शरणमा पुगेका छन् ।

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध उनले अन्तरिम आदेश माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

यसअघि शुक्रवार नै आयोग खारेजीको विरुद्ध रिट दायर भएको थियो । यी दुबै रिटलाई एकै ठाउँमा राखी अदालतले भोलिका लागि पेशी तोकेको छ ।


प्रतिक्रिया दिनुहोस !