पूर्वराष्ट्रपतिको सम्पत्ति कति ?

पूर्वराष्ट्रपतिको सम्पत्ति कति ?

कुनै पनि मुलुकको सर्वोच्च पदमा आसिन व्यक्तिको सेवा निवृत्त अवस्था कस्तो होला ? हाम्रै मुलुकमा पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति र संवैधानिक अंगका पूर्वप्रमुखहरुको दैनिक जीवनयापनबारे बेला बेलामा सर्वसाधारणले कुरा काट्ने गरेका छन् । उहाँहरु सम्पत्ति र रवाफका कारण आलोचित हुने गर्नुभएको हो ।

तर विश्वमा यस्ता व्यक्ति पनि छन् जो पदमा भए पनि वा नभए पनि सामान्य जीवन बिताउँदै आएका छन् । त्यसमध्येका एक हुनुहुुन्छ भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम ।

उहाँको सम्पत्तिका नाममा केही पुस्तक,सम्मान र पुरस्कार मात्रै देखिन्छ । शालिन,भद्र र विद्वान कलामसँग अहिले सम्पत्तिको नाममा २ हजार ५ सय थान पुस्तक,६ वटा पाइन्ट,४ वटा सर्ट,३ थान सुट,१ पद्मश्री, १ पद्मभुषण, १ भारत रत्न, ४६ थान डक्टरेट डिग्री रहेको बताइन्छ ।

उहाँ भारतका अहिलेसम्मकै सबैभन्दा प्रिय राष्ट्रपतिको रुपमा दर्ज हुनुभएको छ । राष्ट्रपति हुनुअघि उहाँ एक जना प्राध्यापक र वैज्ञानिकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

टिप्पणीहरू