जोमसोममा विदेशी सेनाले पर्वतीय परेड खेल्ने

जोमसोममा विदेशी सेनाले पर्वतीय परेड खेल्ने

नेपाली सेनाले पाँच विदेशीसहित ८६ सैनिकलाई पहाडी युध्दकला तालिम दिन थालेको छ । जोमसोममा तैनाथ सेनाको उच्च शिखर शिक्षालयमा हुने उक्त तालिममा अमेरिका,बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका सेनाले भाग लिएका छन् ।

पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚आईस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले स्वदेशी तथा विदेशी सेनालाई सहभागी गराई उच्च पर्वतीय सैन्य कौशल तालिम (हाई अल्टिच्युड एण्ड माउन्टेन वारफेयर) तालिमको आज शुभारम्भ गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार शिखर शिक्षालयका महासेनानी सुरेश हमालले पहिलो प्रशिक्षण दिएर शुरु भएको उक्त तालिम असोज १ गतेसम्म संचालन हुने छ ।

तालिममा नेपाली सेनाका १६ जना अधिकृत र अन्य दर्जाका ६५ गरी ८१ जना सहभागी भएका छन् भने विदेशीतर्फ पाँच जनाले भाग लिएका छन् ।

टिप्पणीहरू