अघिल्लो मितिमा एमाले अध्यक्षको शोक वक्तव्य

अघिल्लो मितिमा एमाले अध्यक्षको शोक वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको हिजो भएको निधनमा आज शोक वक्तव्य जारी गर्नुभएको छ ।

भट्टराईकी ९५ वर्षीया आमाको हिजो साउन २३ गते अपरान्ह निधन भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको असार २४ गतेको मिति देखिने शोक वक्तव्यमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सचिव भट्टराईलगायत सबै शोकमग्न परिवारजनमा समवेदना प्रकट गरिएको छ ।दुई चोटि सरकार चलाइसक्नुभएका अध्यक्ष ओलीसङ्ग दह्रो सचिवालय र सहयोगी समूह छ । तर,उहाँका प्रायः वक्तव्य र स्पस्टिकरणहरुमा कहिँ न कहिँ प्रशस्त त्रुटि देख्न पाइन्छ । यतातिर सम्बन्धित ब्यक्तिहरुको ध्यान जानु जरुरी देखिन्छ ।

टिप्पणीहरू