खोप लगाउने पालो कलाकारको

खोप लगाउने पालो कलाकारको

चलचित्र कलाकार संघले कलाकारलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरेको छ । आज ललितपुरस्थित जिल्ला स्वास्थ्य कार्यालयमा सञ्चालित खोप कार्यक्रममा थुप्रै चलचित्र कलाकार सहभागी थिए ।

कार्यक्रममा सहभागी हुँदै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कलाकारितामा काम गर्नेहरु धेरै क्षेत्रमा हिंड्नुपर्ने भएकोले उनीहरुलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कलाकारहरु धेरै मान्छेसंग घुलमिल हुनुपर्ने भएकोले पनि कोरोनाको खोप लाउन निकै जरुरी भएको उहाँको भनाइ छ ।

उहाँले कोरोनाको खोप लगाउन ललितपुर महानगरले गर्नुपर्ने सबै कामको लागि आफू सदैव तत्पर रहेको पनि बताउनुभयो ।

टिप्पणीहरू