​प्रत्युत्पादक प्रविधि

सामाजिक सञ्जालले सबैलाई हित नै गर्छ भन्ने हुन्न । हो, दुई भारतीय युवती हिना फातिमा र महिरिन नूर सामाजिक सञ्जाल ‘ह्वाट्स एप’ कै कारण पीडित बन्न पुगेका छन् । हैदरावादनिवासी दाजुभाइ फयाजुद्दिन हुसेन र महमुद अब्दुल अकिलका पत्नी हुन्– फातिमा र नूर । हुसेन र अकिल हालै अमेरिका भासिए । यता फातिमा र नूर आफूहरुलाई पनि उतै बोलाउँछन्, भन्नेमा ढुक्क थिए तर दाजुभाइले पत्नीहरूलाई ‘ह्वाट्स एप’ मार्फत एउटै शब्द ‘तलाक’ तीनपटक पठाएर सम्बन्धबिच्छेद गरेका छन् । फातिमा र नूर प्रहरीकोमा उजुरी गर्न पुगे तर प्रहरीले इस्लामिक धर्मानुसार तीनपटक ‘तलाक’ भनेपछि सम्बन्धबिच्छेद हुने भएकाले आफूहरुले केही गर्न नसक्ने बताएर उनीहरुलाई फर्काएको छ ।

टिप्पणीहरू