​हावाकै दावा

स्वीट्जरल्याण्डमा सबै वस्तु महँगो छ, यहाँसम्म कि हावा पनि । बेलायती जोहन ग्रिनले स्वीट्जरल्याण्ड नै गई त्यहाँको हिमालको स्वच्छ हावा खान असक्षमहरुका निम्ति नयाँ जुक्ति निकालेका छन् । जेर्मननजिक हिमालको हावा बोतलमा भरेर अनलाइनमा बिक्रीको लागि राखिएको छ । ‘स्वीस हिमालको शुद्ध हावा’ को लेबल टाँसेर बिक्री गर्न थालिएको एक लिटर बोतलको मूल्य छ, ‘१ सय ६७ डलर ।’ ५ सय मिमी बोतलको ९७ र ३ लिटर बोेतलको २ सय ४७ डलर छ । ग्रिनले उक्त हावा विश्वकै सबैभन्दा शुद्ध हावा दाबी गरेका छन् । 

टिप्पणीहरू