​खप्परको पहाड

प्रस्तुत फोटो राँगाको खप्परको पहाड हो । उत्तर अमेरिकामा युरोपेलीहरु पस्नुअगाडि पाँच करोड राँगा भएको अनुमान गरिन्छ तर उनीहरुको प्रवेशपछि वार्षिक दुई लाख ८० हजार राँगा काटिन थाल्यो । उत्तर अमेरिकी आदिवासी मासु खान होइन, छालाका लागि राँगाको शिकार गर्थे तर युरोपेलीहरुले खानलाई पनि शिकार गर्न थाले । जसको कारण सय वर्ष नबित्दै सन् १८८४ सम्ममा ५ सय ४१ राँगा बाँकी रहे । राँगाको हड्डी चिनीमा मिसाउन र मल बनाउन पनि प्रयोग गरिन्थ्यो । हड्डी टनको अढाइदेखि १५ डलरमा किनबेच हुन्थ्यो । प्रस्तुत पहाड १ लाख ८० हजार राँगाको खप्परको हो । 

टिप्पणीहरू