एमाले विवाद मिलाउन भीम रावल साढे २ घण्टा शीतल निवासमा « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

एमाले विवाद मिलाउन भीम रावल साढे २ घण्टा शीतल निवासमा

प्रकाशित मिति :  २४ श्रावण २०७८, आईतवार १४:३०


एमाले उपाध्यक्ष भीमबहादुर रावलले हिजो साँझ शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो भेटवार्ता गर्नुभएको छ । पार्टीभित्रको किचलो मिलाउने सिलसिलामा रावल त्यता जानुभएको स्रोतले बताएको छ ।

उहाँहरुबीच साढे दुई घण्टा जति छलफल भएको थियो । रावल साँझ साढे ५ बजे शीतल निवास छिरेर ८ बजे निस्कनुभएको थियो । छलफलको पूरै समय पार्टीभित्र उत्पन्न विवादलाई कसरी समाधान गर्ने भन्नेमा केन्द्रित रहेको बताइएको छ । भेटमा पार्टीभित्रको समस्या समाधान गर्न राष्ट्रपति भण्डारीले रावललाई ‘तपाईंले इनिसियसन लिनुस् भन्नुभएको थियो ।’

नेता रावलले, ‘माधव नेपालसहित र उहाँको सम्मान हुनेगरी पार्टी एकता गर्नुपर्ने,’ अडान राख्नुभएको बताइएको छ । उहाँको तर्क थियो, ‘बहुलठ्ठी पाराले सरकार र पार्टी सञ्चालन गर्नहुँदैनथ्यो ।’

प्रत्युत्तरमा नेता रावलले, ‘माधव नेपालसहित र उहाँको सम्मान हुनेगरी पार्टी एकता गर्नुपर्ने,’ अडान राख्नुभएको बताइएको छ । उहाँको तर्क थियो, ‘बहुलठ्ठी पाराले सरकार र पार्टी सञ्चालन गर्नहुँदैनथ्यो ।’

उहाँहरुबीच निकै लामो कुरा भए पनि अन्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले, ‘जे भयो भयो,अब नयाँ सिराबाट जानुपर्छ । सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,त्यसमा तपाईं पनि लाग्नुस्’ भनेर नेता रावललाई भन्नुभएको उच्च स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !