बालिकालाई जवर्जस्ती गर्ने युवक पक्राउ

बालिकालाई जवर्जस्ती गर्ने युवक पक्राउ

पाल्पामा १३ वर्षीय बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक युवक समातिएका छन् । रैनादेवी छहरा गाँउपालिकाका २३ वर्षीय मिनबहादुर सारुलाई जबरजस्ती करणीको अभियोगमा आज प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई साउन १९ गते सारुले जबरजस्ती करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता,मोरङको रंगेलीमा ६२ वर्षिया महिलालाई अभद्र व्यवाहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका भण्डारी टोल बस्ने २२ वर्षीय सुरा रिषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बृद्ध महिलालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरी चौकी बबियाबिर्ताबाट खटिएका प्रहरीले उनलाई समातेको गरेको हो ।

टिप्पणीहरू