उपकुलपतिको अण्डकोषमा बिरालोले टोकेर मृत्युको हल्ला गर्ने समातिनै लागे

उपकुलपतिको अण्डकोषमा बिरालोले टोकेर मृत्युको हल्ला गर्ने समातिनै लागे

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको मृत्यु भएको भन्दै भ्रामक समाचार फैलाउनेलाई प्रहरीले कारबाहीको निम्ति व्यापक खोजी गरेको छ । विश्वविद्यालयको लेटरप्याडको दुरुपयोग गरेर उपकुलपतिको मृत्यु भएको समाचार फैलाएपछि सम्बन्धित व्यक्तिको खोजी भएको हो ।

नक्कली विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण प्रदेश अस्पताल लग्ने क्रममा मृत्यु भएको छ । हामी सबै विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौं । उपकुलपतिको दाहसंस्कार उहाँको जन्मस्थल कालिकोटमै गरिने भएको छ । उहाँ पुनर्जीवित भएर भोलि यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ । मेरो दाहसंस्कार जुमबाट गर भनेर ।’

निधन नभएका उपकुलपतिको निधन भयो भनिएको र त्यो पनि अण्डकोषजस्तो संवेदनशील अंग बिरालोले खाएको अनर्गल प्रचार गर्ने मान्छेको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यसरी झुठो अफवाह फैलाउनेलाई कानुनबमोजिम कारबाही गर्न विश्वविद्यालयले माग गरेको छ ।

टिप्पणीहरू