काठमाण्डौं र झापामा लागूऔषध बोक्नेको संख्या आधा दर्जन, तीन जना महिला

काठमाण्डौं र झापामा लागूऔषध बोक्नेको संख्या आधा दर्जन, तीन जना महिला

काठमाण्डौं र झापामा लागूऔषधको खुलमखुल्ला ओसारपसार र बिक्री वितरण भएको बताइएको छ । यसक्रममा ६ जना समातिएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, जम्मुडाँडाबाट ३ केजी गाँजा, १ सय २० चक्की नाईट्रोभेट तथा १ सय ९० चक्की ट्रामा बोकेका दुई जनालाई हिजो साँझ प्रहरीले समातेको हो ।

पक्राउ पर्नेमा स्थानीय डेरामा बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५, महाँकालका २७ वर्षीय मोहन तामाङ र जयबागेश्वरी बस्ने काभ्रे, भुम्लुसल्ले–५ का २३ वर्षीय रञ्जिता बानियाँ रहेको प्रहरीले बताएको छ ।

उता झापाको भद्रपुर नगरपालिका–३, किचकवध र गौरीगञ्ज गाउँपालिका–४, कदमगाछीबाट ६५ ग्राम ५६ मिलिग्राम ब्राउनसुगर, ३ बोतल ईस्कफ तथा १० नाइट्रोसन ट्याब्लेटसहित चार जनालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेहरुमा भारत बंगाल तोतापाडा घर भएका २८ वर्षीय श्रवण राय, झापा भद्रपुर नगरपालिका–३, हात्तिमाराका २४ वर्षीय खेमराज कुँवर, मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाल हुन् ।

टिप्पणीहरू