ब्राउन सुगरसहित एक जना पक्राउ « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

ब्राउन सुगरसहित एक जना पक्राउ

प्रकाशित मिति :  २४ श्रावण २०७८, आईतवार १४:४५


झापा भद्रपुर नगरपालिका-३ किचकबधबाट एक जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगन्ज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् ।

उनलाइ हिजो दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको सँयुक्त टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम बरामद गरेको छ ।

पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भैरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !