जसपालाई पनि तारा बरालहरुको चेतावनी

जसपालाई पनि तारा बरालहरुको चेतावनी

अभियन्ता तारा बरालको समूहले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित नगर्न जनता समाजवादी पार्टी (जसपा) लाई चेतावनीसहित बिरोधपत्र बुझाउने भएको छ । आज दिउँसो १ बजे जसपा कार्यालय,बालकुमारीमा बिरोधपत्र बुझाउन लागिएको बताइएको छ ।

यसअघि उक्त समूहले शुक्रबार नेकपा एमालेको केन्द्रीय कार्यालय, माइतीघरमा पनि त्यसैगरी बिरोधपत्र बुझाएको थियो । उनीहरुले कुनै हालतमा एमसीसी सम्झौता पारित गर्न नहुने भन्दै लबिङ गर्दै आएका छन् ।

टिप्पणीहरू