काकडभिट्टाबाट आएको बसमा यार्सागुम्बा बोकेका जुम्लाका यात्रु

काकडभिट्टाबाट आएको बसमा यार्सागुम्बा बोकेका जुम्लाका यात्रु

आज बिहान काठमाडौंको नागढुंगामा झापाको काकडभिट्टाबाट आएको यात्रुवाहक बसबाट प्रहरीले यार्सागुम्बा, सिलाजित र रातो केशरी फेला पारेको छ ।

झापाबाट आएको ना. ७ ख २१११ को यात्रुवाहक बसमा आएका यात्रु जुम्लाको कन्कासुन्दरी गाँउपालिका वडा नं. ८ का २४ वर्षीय तुला कामीको कालो रंगको झोलाबाट ती पदार्थ फेला परेको प्रहरीले बताएको छ ।

झोलाभित्र यार्सागुम्बा ४ सय १२ ग्राम, सिलाजित ६ सय ५० ग्राम र रातो केशरी १ सय फेला परेको हो ।

उनलाई पक्राउपछि आवश्यक अनुसन्धानको निम्ति महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको र थपअनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइने बताइएको छ ।

टिप्पणीहरू