‘माधवजस्तो गद्दारको लागि कुनै ठाउँ छैन’ : कृष्णगोपाल श्रेष्ठ « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

‘माधवजस्तो गद्दारको लागि कुनै ठाउँ छैन’ : कृष्णगोपाल श्रेष्ठ

प्रकाशित मिति :  २३ श्रावण २०७८, शनिबार २२:००


कीर्तिपुरमा आज एमाले अध्यक्ष केपी शर्मा ओली निकट समूहको एकै दिन एकै खालको दुई भेला भएको छ । दुबै कार्यक्रममा बोल्ने अधिकांश वक्ताले एमालेको अर्को पक्षको खोइरो खनेका थिए । सबैको तारो वरिष्ठ नेता माधवकुमार नेपाल हुनुभएको थियो ।

बाघभैरव ब्याङ्क्वेटमा कीर्तिपुर नगर कमिटीको भेला र कृष्ण क्याटरिङमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

नगर कमिटीको कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष तथा सांसद कृष्ण राईले नेपालको कम्युनिष्ट आन्दोलनमा लागेकाहरुको व्यवहार देख्दा दुःख लागेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो,‘हामीले संगठन सुदृढिकरण भनेका छौं,तर आफ्नै कार्यकर्तालाई सुदृढ तुल्याउन सकेका छैनौं ।’

“प्रचण्डजस्तो दानवलाई मानव बनाउने महामानव ओली नै हुनुहुन्छ । मलाई एमालेको वरिष्ठ नेताभन्दा घिन लाग्न थालेको छ । उनीहरु नै १ सय २१ जनाको सरकारलाई ९३ मा झार्ने अन्तर्घाती हुन् ।’

राईले नेकपा एमाले आफ्नो बाटोमा फर्के पनि केही झुण्ड बोकेका माधव नेपाल अझै फर्किन नसकेको उल्लेख गर्नुभएको छ । नयाँ परिस्थितिमा अधिकांश नेता तथा कार्यकर्ता पार्टीको सर्वोच्चतालाई कायम राख्दै एकजुट भएकाले जनताको बहुदलीय जनवादलाई नारा बनाएर आगामी चुनावमा होमिने उहाँको उद्घोष थियो ।

भदौ २७ र २८ गते विधान अधिवेशन सम्पन्न गरेपछि एमाले थप सुदृढ र गतिशील हुने उहाँको धारणा थियो । उक्त कार्यक्रममा राईका अलावा काठमाडौं जिल्ला सचिव दीपक निरौला,सदस्य विन्दु महर्जन,सरव महर्जन,केशरत्न बज्राचार्य र कीर्तिपुर नगर अध्यक्ष राधाकृष्ण बस्नेतलगायतले बोल्नुभएको थियो ।

उता कृष्ण क्याटरिङमा नेकपा एमाले कीर्तिपुरले आयोजना गरेको संघीय गणतन्त्र नेपालको वर्तमान परिस्थितिमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सूर्य चुनाव चिन्ह लिएर चुनाव जित्ने तर संसदमा रुखमा भोट हाल्ने सबै गद्दार भएको बताउनुभयो ।

‘अब एकतामा अल्मलिने होइन,एमालेमा माकुने जस्तो गध्दारको लागि कुनै ठाउँ छैन । लुम्बिनीमा समेत अर्को गद्दार फेला परेकाले अब टिकट दिँदासमेत विचार गर्न आवश्यक छ ।’

विचार,सिध्दान्त र जनादेशका आधारमा एमालेभित्र सर्वमान्य नेता केपी शर्मा ओली मात्र रहेको श्रेष्ठले दाबी गर्नुभएको छ । उहाँको भनाइ थियो, ‘एमालेलाई ध्वस्त बनाउनबाट ओलीले नै जोगाउनुभएको हो । जनताको पार्टी एमाले र चुनाव चिन्ह सूर्य हो । प्रचण्डजस्तो दानवलाई मानव बनाउने महामानव ओली नै हुनुहुन्छ । मलाई एमालेको वरिष्ठ नेताभन्दा घिन लाग्न थालेको छ । उनीहरु नै १ सय २१ जनाको सरकारलाई ९३ मा झार्ने अन्तर्घाती हुन् ।’

घाँसमा मिसिएको हरियो सर्प घातक रहेको उदाहरण दिँदै श्रेष्ठले भन्नुभएको छ ‘अब एकतामा अल्मलिने होइन,एमालेमा माकुने जस्तो गध्दारको लागि कुनै ठाउँ छैन । लुम्बिनीमा समेत अर्को गद्दार फेला परेकाले अब टिकट दिँदासमेत विचार गर्न आवश्यक छ ।’

उक्त कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य,एमाले केन्द्रीय सदस्य शम्भुराम महर्जनलगायतले बोल्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !