विप्लवका दाइलाई दिल्ली पुर्याइयो

विप्लवका दाइलाई दिल्ली पुर्याइयो

नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द (वीरजङ्ग) लाई थप उपचारको लागि नयाँ दिल्ली लगिएको छ ।

लामो समय जेलमा रहेका उनलाई काठमाडौंमा सञ्चो नभएपछि आज नयाँ दिल्ली लगिएको हो । पार्टी नाम वीरजंग रहेका चन्द महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु हुन् ।

रोगबारे सार्वजनिक जानकारी नगराइए पनि उनलाई नयाँ दिल्लीको म्याक्स हस्पिटल लगिएको बताइएको छ ।

टिप्पणीहरू