कक्षा १२ को परीक्षा नरोक्न गगनको माग, स्थगनको सूचना सार्वजनिक

कक्षा १२ को परीक्षा नरोक्न गगनको माग, स्थगनको सूचना सार्वजनिक

नेपाली काँग्रेसका युवा नेता गगन थापाले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर कक्षा १२ को परीक्षा स्थगन नगर्न आग्रह गरे पनि आज सरकारले उक्त परीक्षा रोकेको छ । थापाले विद्यार्थीहरूलाई अलमलमा नपार्ने गरि निर्णय गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरेको बताइएको छ ।

थापाले सामाजिक सञ्जाल मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको र परीक्षा रोक्ने सन्दर्भमा विद्यार्थीहरूलाई अलमलमा नपार्ने विकल्पसहित उपयुक्त निर्णय गर्न आग्रह गरेको जानकारी दिनुभएको छ ।

थापाले प्रधानमन्त्री देउवाले आफूलाई विद्यार्थीको स्वास्थ्य र भविष्यमा असर नपार्ने गरि आवश्यक निर्णय गरिने विश्वास समेत दिलाउनुभएको बताउनुभएको छ ।

तर, कोरोनाको बढ्दो संक्रमणका कारण परीक्षा स्थगित गर्नु पर्ने भन्दै चौतर्फी दवाब आएको कारण देखाउँदै आजै राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

 

टिप्पणीहरू