काँग्रेस केन्द्रीय कार्यालयमा भएकाे धर्ना र रिले अनशनमा को को बसे ?

काँग्रेस केन्द्रीय कार्यालयमा भएकाे धर्ना र रिले अनशनमा को को बसे ?

सानेपास्थित नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा आज पनि नेता तथा कार्यकर्ताले धर्ना र रिले अनसन गरेका छन् । पार्टी विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण र तत्कालीन लोकतान्त्रिक फोरमबाट समायोजन हुँदाको संख्याभन्दा बढीलाई सदस्यता वितरण गरेको भन्दै उनीहरुले धर्ना र रिले अनशन गरेका हुन् ।

आज काँग्रेस कार्यालयमा बारा जिल्लाका पूर्वसांसद रामअयोध्या प्रसाद यादवको नेतृत्वमा २८ औ दिनको धर्ना भएको हो । धर्नामा एक दर्जनभन्दा बढीको सहभागिता रहेको थियो ।

सोही क्रममा आजको रिले अनशनमा पूर्वमन्त्री व्रजकिशोर सिंहको नेतृत्वमा डा. देवचन्द्र मिश्र, महासमिति सदस्य उदयकान्त यादवलगायत झण्डै डेढ दर्जन महाधिवेशन प्रतिनिधिको उपस्थिति रहेको बताइन्छ ।

आन्दोलनकारीले धर्ना कार्यक्रम भोलि पुनः बिहान ९ बजे शुरु हुने बताइएको छ । रिले अनसन माग पूरा नभएसम्म जारी रहने जानकारी दिइएको छ ।

टिप्पणीहरू