ससुराको निधनमा उपाध्यक्ष बुहारीको गाउँपालिकामा सार्वजनिक बिदा

ससुराको निधनमा उपाध्यक्ष बुहारीको गाउँपालिकामा सार्वजनिक बिदा

तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिकाकी उपाध्यक्षको ससुराको मृत्यु भएको सन्दर्भमा सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन भएकाले हिजाे गाउँभरि एक दिन शोक बिदा दिइएको जनाएको हो ।

गाउँपालिकाले, सबै वडा कार्यालय, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एवम् गाउँपालिका मातहतका कार्यालयहरू सबै बन्द रहने बताएको छ । तर, स्वास्थ्य संस्थाहरु भने खुल्ला रहने बताइएको छ ।

उपाध्यक्ष गौतमका ससुराको बिहीबार राति ११ बजे निधन भएको थियो ।

 

टिप्पणीहरू