युवतीलाई ढाँटेको मूल्य कति लाख

उमेर छँदैकी युवतीलाई विवाह गर्छु भन्दै तीन वर्ष सँगै राख्ने र धीत मरेपछि पत्नी लगाएर लखेट्ने ! यस्तो नौटंकी अन्ततः सात लाख रुपैयाँ हर्जाना तिरेर भर्खरै सल्टिएको छ । लमजुङकी सरला (नाम परिवर्तन) अधिकारीलाई जागिर दिने वा विदेश पठाइदिने, केही सीप नलागे आफैँले पत्नी स्वीकार्ने भनी लिबर्टी इनर्जी कम्पनी धापासीका निर्देशक राजेन्द्र वस्तीले तीन वर्ष राखे बसुन्धरामा कोठा खोजेर ।

कलेजको पढाई पनि पूरा गर्न नपाउँदै राजेन्द्रको सपनाका पछि दौडिएकी उनी अन्ततः गत बिहीबार सात लाख रुपैयाँ च्यापेर रुँदैरुँदै टेकुस्थित प्रहरी परिसरबाट बाहिरिइन् । उनलाई यस्तो हालतमा पु¥याउने राजेन्द्र पनि लमजुङकै बासिन्दा हुन् । अध्ययनका लागि क्यानाडा जाने प्रयास गरेको बेला सरलाले सहयोगी व्यक्तिका रुपमा राजेन्द्रलाई चिनेकी थिइन् । हाइड्रोपावरको ड्राइरेक्टर, त्यसमाथि आफ्नै जिल्लावासी भएपछि राजेन्द्रका हरेक कुरा सरलाले पत्याउँदै गइन् । आफैँले गरेको प्रयासस्वरुप क्यानाडा जान झण्डै २५ लाख रुपैयाँ खर्च हुने भएपछि राजेन्द्र उक्त रकम दिन राजी भए । तत्काल आफूसँग त्यत्तिका पैसा नभएको र केही समयपछि दिने भनी आलटाल गरे ।

रलाले पनि पत्याइन् । उनलाई बसुन्धरामा सुविधासम्पन्न फ्ल्याटमा राखिदिएका थिए । राजेन्द्र बेला बेलामा पुग्ने गर्थे । त्यसबेला खिचेका फोटोहरु सुरक्षित छन् । तर, अर्काको आश्वासनमा भर परेकी सरला त्यतिबेला छाँगाबाट खसेझैँ भइन्, जब उनको कोठामै राजेन्द्रकी पत्नी पुगिन् र हमला गरिन् । प्रहरीकहाँ न्याय खोज्न पुगेकी सरलाले प्रहरी परिसरमै बुधबार जनआस्थासँग भनिन्, ‘मलाई उसकी श्रीमती छ भन्ने थाहा थिएन । थाहा भएको भए त्यस्तो सम्बन्ध राख्ने पनि थिइनँ ।’ पत्नीले दुव्र्यवहार गरेपछि भएभरका सामान बसुन्धरामै छाडेर उनी बनस्थलीस्थित दिदीको घरमा बस्न थालिन् । राजेन्द्रको लहलहैमा लागेर क्यानाडा जाने सपना चकनाचुर बनाएकी उनले फोनमा आफूलाई दिने भनेको रकम तत्काल दिन अनुरोध गरिन् । तर, राजेन्द्रले केही पनि दिन नसक्ने बताए ।

यसपछि उनले चिनेकी एकजना महिला प्रहरीसँग सल्लाह लिइन् । ती महिला प्रहरीले महाराजगञ्ज प्रहरी बृत्तमा उजुर दिन सुझाव दिइन् । महाराजगञ्ज प्रहरीले सरलाको निवेदनअनुसार उनलाई दुई महिनादेखि छलफलका लागि बोलायो । तर, उनी गएनन् । महाराजगञ्जबाट केही सीप नलागेर उनी पुगिन्, टेकुस्थित प्रहरी परिसरमा । त्यहाँको प्रहरीले राजेन्द्रलाई बारम्बार फोनमा सम्पर्क ग¥यो । तर, एक ठाउँमा भएर अर्कै ठाउँमा छु भन्न थाले । प्रहरीले लोकेशन ट्रयाक ग¥यो । ‘तपाईं फलानो ठाउँमा हुनुुहुन्छ । हामीले समातेर ल्याउने कि तपाईं आफैँ आउने ?’ भनी फोन गरेपछि उनी बुधबार प्रहरीकहाँ गए । त्यसदिन पत्नी पनि साथमै थिइन् । सरलासँग राजेन्द्रले हैन, पत्नीले कडिकडाउ कुरा गरिन् । तर, यस्तो कुरा जति बढायो, त्यति नै बद्नाम हुने भन्दै सहमतिमा आउन प्रहरीले अनुरोध ग¥यो ।

भोलिपल्ट राजेन्द्र र सरलाबीच सहमति भयो, सात लाखमा । जबकि, सरलाको माग थियो २० लाखको । राजेन्द्रले एउटा स्कुटी किनिदिएर केही पकेट खर्च दिने भनिरहेका थिए । प्रहरीले पनि हप्कीदप्की गरेपछि सात लाख रुपैयाँको चेक सरलालाई दिएका हुन् । चेक लिएर फर्किंदा उनी रुँदै भन्दै थिइन्, ‘एउटी सोझी केटीको इज्जत लुटेको मूल्य जम्मा सात लाख !’

टिप्पणीहरू