आईटी आर्मीको भेला सकियो

आईटी आर्मीको भेला सकियो

बाराको कलैयामा हिजोबाट सुरु भएको आईटी आर्मीको प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ । भेला कलैया उपमहानगरपालिका–४ होटल कर्णराज प्यालेसमा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा पूर्वशहरी विकासमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

आज दिउँसो आयोजित दोस्रो दिनको कार्यक्रम सकिएपछि भेला समापन भएको बताइएको छ । भेलामा बारा जिल्ला अध्यक्ष प्रदीप साह, प्रदेश न.२ का इञ्चार्ज अच्युत मैनालीलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू