पेरिसडाँडामा सम्पर्क समितिको भेला « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

पेरिसडाँडामा सम्पर्क समितिको भेला

प्रकाशित मिति :  २३ श्रावण २०७८, शनिबार १८:२०


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पार्टी मुख्यालयमा दोलखा–काठमाडौं सम्पर्क समितिको भेला बोलाइएको छ ।

भेला दोलखा जिल्ला वाईसीएल अध्यक्ष सन्तोष केसीको अध्यक्षता, गङ्गा कार्कीको प्रमुख आतिथ्यता र देवी खड्काको विशिष्ट आतिथ्यतामा आयोजना गरिएको हो ।

शंकर लामाको विशेष आतिथ्यमा भएको भेलाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतको पदाधिकारीको चयन गर्ने बताइएको छ । भेला आज दिउँसोबाट शुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !