स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो – ज्ञानेन्द्र शाहीहरुको समितिमा छैनौँ

स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो – ज्ञानेन्द्र शाहीहरुको समितिमा छैनौँ

‘सामाजिक अभियन्ता’ ज्ञानेन्द्र शाही, ज्वाला संग्रौला,हेमराज थापालगायत संलग्न एमसीसीविरुद्ध संघर्ष समिति गठन भएकै दिन विवादमा परेको छ । स्वतन्त्र राष्ट्रिय अभियानले उक्त समितिलाई विवादास्पद भन्दै आफ्नो संलग्नता अस्वीकार गरेपछि विवाद बाहिरिएको हो ।

अभियानले आज एक सूचना जारी गर्दै संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको जानकारी गराएको छ । साथै एमसीसीविरुद्ध आफ्नो छुट्टै आन्दोलन अघि बढाउने पनि अभियानले प्रष्ट पारेको छ ।

‘एमसीसी खारेजीका लागि अभियानले शुरुदेखि नै स्वतन्त्र रुपमा आन्दोलन गर्दै आइरहेको छ । हालै गठन भएको भनिएको विवादास्पद संघर्ष समितिमा यस अभियानको कुनै संलग्नता नरहेको जानकारी गराइन्छ’, अभियानको अभिभावक महासंघका अध्यक्ष नवीन मैनालीद्वारा जारी सूचनामा भनिएको छ ।

सूचनामा हिजोको बैठकमा सहमति भएविपरित समिति गठन गरेर भ्रामक प्रचार गरिएको भन्दै असहमति सार्वजनिक गरिएको हो ।

शाहीहरुले आज विभिन्न उपसमिति सहितको एमसीसी खारेजी संघर्ष समिति घोषणा गरेका थिए ।

टिप्पणीहरू