जोख्ने तराजुसहित लागुऔषधका दुई कारोबारी पक्राउ « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

जोख्ने तराजुसहित लागुऔषधका दुई कारोबारी पक्राउ

प्रकाशित मिति :  २३ श्रावण २०७८, शनिबार १८:१५


प्रहरीले काठमाडौँबाट खैरो हिरोईन कारवार गर्ने दुई जनालाई समातेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले हिजो हिरोइन बेच्दै गरेका सुवास वराल र मोविन जोलाहालाई लागुऔषध जोख्ने तराजुसहित उनीहरुको कोठाबाट समातेको हो ।

धारापाटीस्थित सुरज राजभण्डारीको घरको भुई तल्लामा बस्दै आएका बाँकेको नेपालगञ्ज उपनगरपालिका-२ घर भएका २३ वर्षीय वराल र नैनापुर गाँउपालिका- २ का जोलाहालाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट खैरो हिरोइन २० ग्राम, लागुऔषध जोख्ने तराजु १ थान, मोबाइल ३ थान, नेपाली रुपैंया ८२ हजार, ५०० दरका ९ हजार भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !