बहुमूल्य जडीबुटीसहित एक जना पक्राउ

बहुमूल्य जडीबुटीसहित एक जना पक्राउ

उपत्यका प्रवेशद्वार नागढुंगाबाट दुर्लभ तथा बहुमूल्य यार्सागुम्बा र अन्य जडीबुटीसहित एक जना समातिएका छन् ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २१११ को बस चेकजाँच गर्ने क्रममा नागढुंगा प्रहरीले ४१२ ग्राम यार्सागुम्बा, ६५० ग्राम सिलाजित र रातो केशरी १ सय ग्रामसहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-८ का ४ वर्षीय तुला कामीलाई आज पक्राउ गरेको हो ।

नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको जाँच गर्ने क्रममा कामीले झोलाभित्र लुकाई ल्याएको उक्त जडिबुटी फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका कामीलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाईएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

टिप्पणीहरू