​ज्यान गए नमान्ने त्यो निर्णय ?

‘बरु मलाई निकाले हुन्छ तर मचाहिँ माइन्युट गर्न सक्दिन, लेख्दै लेख्दिन भनेका छन् । मुख्य मान्छे विदेश घुमेर आए, अबचाहिँ माइन्युट लेख्छन् होला ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘हैन के निर्णय गर्नुभएको त्यस्तो ?’ भन्ने बाबुराम भट्टराईको प्रश्नको जवाफ दिनेक्रममा बताए । फेरि भट्टराईले सोधे, ‘किन ग¥या त्यस्तो ? आफ्नो साख जोगाउन भए पनि रोक्नुपर्दैन ?’

यो प्रश्नको जवाफ यस्तो आयो, ‘हैन, त्यो एक्जिएटाले निवेदन दिएछ, हामी त अन्यायमा प¥यौं । कर बिक्रीकर्ताले पो तिर्नुपर्ने हो भन्दै अनि त्यसो गरियो तर पत्रिकामा बाहिर आएजस्तो चाहिँ होइन ।’ प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था संविधानमा हुनुप¥यो भन्ने हस्ताक्षरसहित ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डको जवाफमा चित्त बुझाएनन् । अनि थपे, ‘हाम्रो यो विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । जसरी हुन्छ सुधार्नुप¥यो ।’ 

‘त्यस्तो निवेदन देखेपछि मैले त आ.का. (आवश्यक कारबाही) गर्नू भन्दै अर्थ मन्त्रालयमा पठाएको थिएँ । फेरि अर्थ मन्त्रालयको कर्मचारीले यो हामीले मात्रै निर्णय गर्नुभन्दा क्याबिनेटले नै टुंग्याए राम्रो भन्दै आफ्नो राय राखेपछि अर्थमन्त्रीले ठाडो प्रस्ताव पेश गर्नुभो, अनि त्यस्तो निर्णय गरियो,’ प्रचण्डले स्पष्टीकरण दिए । उनले निर्णय माइन्युटको लफडाबारे समेत जानकारी दिँदै थपे, ‘निमित्त मुख्यसचिव रामकुमार आचार्य माधवकुमार नेपालजीका साला रहेछन् । त्यसैले लेख्न मानेनन् ।’

एउटा कर्मचारीले माइन्युट लेख्नसमेत इन्कार गर्ने यो कस्तो निर्णय ग¥या त भन्ने प्रश्न पनि त्यहाँ उठ्यो । बाबुरामले यही मौकामा थपे, ‘माइन्युट लेख्न नै हिच्किचाउनुपर्ने के ग¥या त त्यस्तो ?’ त्यसपछि प्रचण्ड अवाक् रहे । नयाँ शक्तिका केही नेताले तत्कालै यसो साइड लागेर फोनमार्फत रामकुमारलाई बधाई दिए, ‘ल, धन्यवाद एवं बधाई ! कम्तीमा त्यति भए पनि राम्रो काम गर्नुभएछ ।’

टिप्पणीहरू